मल्टिस्टारर ‘लाखे’ ट्रेलर: अज्ञात गिरोहको नाइकेको खोजीमा प्रहरी

मल्टिस्टारर ‘लाखे’ ट्रेलर: अज्ञात गिरोहको नाइकेको खोजीमा प्रहरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मल्टिस्टारर सिनेमा ‘लाखे’को ट्रेलर रिलिज गरिएको छ । एक्सन थ्रिलर सिनेमा कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।

सम्राट बस्नेत निर्देशित सिनेमाको ट्रेलरमा प्रहरीले अज्ञात गिरोहको खोजि गरिरहेको छ । जुन गिरोह प्रहरीको लागि चुनौती बनेको छ । तर, ट्रेलरमा अज्ञात गिरोहको बारेमा जानकारी दिएपनि उक्त गिरोहको नाइकेलाई सस्पेन्स राखिएको छ ।

अभिनेताद्वय सौगात मल्ल र प्रशान्त ताम्राकार मध्ये को नाइके भन्ने प्रश्न ट्रेलरले छोडेको छ । मुस्ताङको पठारमा रचिएको एक्सन दृश्यले मन जित्छ ।

सिनेमामा सौगात र प्रशान्तका अलावा अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, रोहित रुम्बा, कालु राना, सन्जोग राना, रक्षा बुढाथोकी, सिस्तम भण्डारी, सुगन तन्डुकारलगायतका कलाकारहरुको अभिनय छ ।

सिजन अर्यालको कथा रहेको सिनेमामा आकाश बरालको पटकथा र अनुप न्यौपाने/आकाश बरालको संवाद रहेको छ ।

सुशन प्रजापतिले खिचेको सिनेमामा निर्देशक बस्नेतको एक्सन, दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स र अर्जुन जिसीको सम्पादन छ ।

हरि मल्ल ठकुरीको कार्यकारी निर्माण रहेको सिनेमामा सिजन अर्याल र जिएम ठकुरी निर्माता रहेका छन् ।