‘दुई नम्बरी’को शिर्ष गीत रिलिज

‘दुई नम्बरी’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज २१ मा रिलिज हुने सिनेमा ‘दुई नम्बरी’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

‘हास्नै गाह्रो छ यहाँ’ बोलको लिरिकल गीतमा भुषण खतिवडाको शब्द, संगीत र स्वर छ । निर्माण पक्षले यो गीत प्रतियोगिताको माध्यमबाट चयन गरेको हो । सोहि अनुरुप संगीतकार भुषणले यहि गीत मार्फत प्रतियोगिताको उपाधि जितेका थिए ।

सार्वजनिक गीतले दुई नम्बरी काममा लाग्ने युवाहरुको पिडा बोल्छ । बेरोजगारीले कसरी मान्छेलाई दुई नम्बरी काम गर्न प्रेरित गर्छ भन्ने कुरा गीतले बुझाउन खोजेको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुस्कर गुरुङ, श्रेयष पौडेल, कविता आले, शारदा गिरी, प्रकाश घिमिरे, सुष्मा निरौलालगायतका कलाकारहरुको अभिनय छ ।

सुशन प्रजापतिले खिचेको सिनेमामा जयन जे वाइवा/भुषण खतिवडाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमामा दीपक मनाङ्गे (राजीव गुरुङ), अमलादेवी राई, जयस श्रेष्ठको निर्माण र मिठु तामाङ्नीको सहनिर्माण छ ।