दयाहाङ र सौगात स्टारर ‘दुई नम्बरी’को बुकिङ खुल्यो

दयाहाङ र सौगात स्टारर ‘दुई नम्बरी’को बुकिङ खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामा निर्देशित सिनेमा ‘दुई नम्बरी’को लागि मल्टिप्लेक्समा बुकिङ खुल्ला गरिएको छ ।

असोज २१ देखि सार्वजनिक प्रदर्शनमा आउने यस सिनेमालाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ३५ शोज दिएको छ । जुन निक्कै राम्रो शोज संख्या हो ।

यस्तै वान सिनेमाजले ८, रन्जना सिनेप्लेक्सले ५, बिग मुभिज/बिएसआर मुभिजले ४/४, एफक्युबले ३ र सिडिसी सिनेमाले २ शो प्रदान गरेका छन् ।

दशैँको माहोल भएका कारण केहि मल्टिप्लेक्सले बुधबार बेलुकासम्म शो खोल्न सकेका छैनन् । बिहिबारसम्म सबै मल्टिप्लेक्समा शो खुल्ने अपेक्षा गरिएको छ ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको ‘दुई नम्बरी’ले तस्करी र मित्रताको कथा भन्छ ।

यसलाई दयाहाङ र सौगात अभिनित ‘कबड्डी ४’पछिको चल्ने सिनेमाको रुपमा लिइएको छ ।

निर्देशक लामा कै लेखन रहेको सिनेमामा पुस्कर गुरुङ, श्रेयष पौडेल, कविता आले, शारदा गिरी, प्रकाश घिमिरे, सुष्मा निरौलालगायतका कलाकारहरुको पनि अभिनय छ ।

सुशन प्रजापतिले खिचेको सिनेमामा जयन जे वाइवा/भुषण खतिवडाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमामा दीपक मनाङ्गे (राजीव गुरुङ), अमलादेवी राई, जयस श्रेष्ठको निर्माण र मिठु तामाङ्नीको सहनिर्माण छ ।