शुक्रबारबाट हलमा ‘हिजो आजका कुरा’

शुक्रबारबाट हलमा ‘हिजो आजका कुरा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘हिजो आजका कुरा’ शुक्रवारबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आएको छ । हास्य सिरियलकै मुख्य कलाकारद्वय सन्तोष पन्त र रमा थपलियाको अभिनय रहेको सिनेमाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठान गरेको छ ।

‘माया जदौ’ गीतका कारण प्रदर्शन अगावै चर्चामा रहेको सिनेमाले अधिकांश सिंगल थिएटर आफ्नो अधिपत्ते जमाएको छ भने मल्टीप्लेक्सहरुमा पनि सुखद् शोज हात पारेको छ । प्रायः हरेक नेपालीले भोगिरहेको वास्तविक कथामा निर्माण भएका कारण सिनेमाले परिवारिक दर्शक तान्ने अपेक्षा गरिएको छ । दर्शकबाट ‘वर्ड अफ माउथ’ बलियो मिलेको खण्डमा सिनेमा सफलताको बाटोमा हिँड्ने विश्वास निर्माण टिमलाई छ ।

साकार पन्त निर्देशित सिनेमामा सन्तोष र रमाका अलवा दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय छ । रवि सायमीले खिचेको सिनेमाको कार्यकारी निर्मातामा प्रतिभा पन्त, निर्मातामा सन्तोष पन्त र सकार पन्त छन् भने सह(निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र छन् ।