दयाहाङ र सौगात अभिनित ‘२ नम्बरी’को ८ दिनको कमाई कति ?

दयाहाङ र सौगात अभिनित ‘२ नम्बरी’को ८ दिनको कमाई कति ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दशैंको अवसर पारेर असोज २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘२ नम्बरी’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । अहिले दोस्रो हप्तामा प्रदर्शन भैरहेको सिनेमाले गत साताको भन्दा राम्रो व्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ ।

सिनेमाका प्रस्तुतकर्ता किरण नेपालीका सिनेमाले पहिलो शनिबारको भन्दा दोस्रो शनिबार आक्रामक व्यापार गरेको उल्लेख गरेका छन् । जुन कुरा मल्टिप्लेक्स हलको वेवसाइटमा गएर हेर्दा सो कुरा पुष्टि पनि हुन्छ । सिनेमाकको पहिलो साता मिलेकको शोहरु दोस्रो सातामा पनि यथावत छन् । दर्शकको संख्या पनि उल्लेख्य देखिन्छ ।

निर्देशक दीपेन्द्र लामाका अनुसार सिनेमा दोस्रो शुक्रबार अर्थात् ८ दिनमा ४ करोड ५० लाख ग्रस कलेक्सन गरेको बताउँछन् । समीक्षकबाट मिश्रीत प्रतिक्रिया पाएको सिनेमाले दर्शकको ‘वर्ड अफ माउथ’ भने राम्रो पाइरहेको छ । जसको प्रत्यक्ष फाईदा सिनेमाको बक्सअफिस कलेक्सनमा देखिएकको छ । सिनेमाले दोस्रो हप्तामा पनि आफ्नो दबदबा कायम राख्ने देखिएको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शारदा गिरी, श्रेयस पौडेल, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, राजु थापा मगर, गणेश बस्याल लगायतका कलाकारकको अभिनय रहेको छ ।

सिनेमामा सुसन प्रजापतिको छायांकन, जयन जे वाइवा र भुषण खतिवडाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन रहेकको छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा राजीव गुरुङ, अमलादेवी राई, जयश श्रेष्ठ र कार्यकारी निर्मातामा सरोज नेपाली तथा सह-निर्मातामा मिठु तामाङ्नी रहेका छन् ।