फागुन ५ मा रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ रिलिज घोषणा

फागुन ५ मा रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबबु गुरुङ निर्देशित सिनेमा ‘फुलबारी’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी फागुन ५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । यो मितिमा अन्य २ सिनेमा ‘परदेशी २ र लण्डन टु पेरिस’ पनि रिलिज हुँदैछन् ।

अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा निर्माण हुने सिनेमामा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्कीलगायतको मुख्य भूमिका रहनेछ । सिनेमामा नेपाली समाजमा सवैले भोगिराखेकै पारिवारिक सामाजिक कथा निर्देशक गुरुङले पस्किएका छन् ।

उपेन्द्र सुब्बाको पटकथामा विपिन र अरुणाले पाका दम्पतिको भूमिका निर्वाह गरेछन । कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहने सिनेमामा शिल्पा मास्के, लोकेन्द्र लेखक, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ ।

यशोदा फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । मणिराम पोखरेलले कार्यकारी निर्माता रहेकको फुलबारीमा मनिष ढकालले लगानी गरेका छन् ।