दयाहाङ र बिपिन अभिनित ‘के घर के डेरा’को अग्रीम टिकट बुकिङ खुल्यो

दयाहाङ र बिपिन अभिनित ‘के घर के डेरा’को अग्रीम टिकट बुकिङ खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’ भोली शुक्रबारबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमाको बुधबारबाट मल्टिप्लेक्स हलहरुले अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिसकेका छन् । सिने्माले मल्टिप्लेक्स हलमा उच्च शोज पाएको छ ।

नेपालको सवैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ शोज दिएको छ । जुन निकै राम्रो शोज संख्या हो । यस्तै वान सिनेमाजले ६, रन्जना सिनेप्लेक्सले ४, बिग मुभिजले ३, आईएनआई सिनेमाजले ६, बिएसआर मुभिजले ३, एफक्युबले ३ र सिडिसी सिनेमाल भने अहिलेसम्म अग्रीम टिकट बुकिङकको लागि शोज बाँडफाँड गरिसकेको छैन् । बिहिबार साँझसम्म अधिकांश सिनेमा हलले सिनेमाले पाउन सम्पुर्ण शोको जानकारी सार्वजनिक हुनेछ ।

दीपेन्द्र के। खनाल निर्देशित सिनेमाको पटकथा तथा संवाद महेश दवाडीको हो । सिनेमामा दयाहाङ, सुरक्षा र विपिनका अलवा वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकाल बाल कलाकारलगायतको पनि अभिनय छ ।

सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।