सलोन र आमेषले दरबारमार्गमा दर्शक झुमाउने

सलोन र आमेषले दरबारमार्गमा दर्शक झुमाउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, ककाठमाडौं – आगामी कार्तिक ६ गते साँझ दरबार मार्गस्थित लिक्कुइड लन्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने भएको छ । लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन् ।

बिहिबार राजधानीमा पत्रकार सम्मेलनकोे आयोजना गर्दै तिहार बिशेष कार्यक्रम गर्न लागिएको जानकारी दिईयो । उक्त कार्यक्रममा सलोनका अलवा एफटी लिक्कुइड ब्याण्डले पनि आफ्नो प्रस्तुती दिने छ । पत्रकार सम्मे निर्देशक शेभित बस्नेतका साथमा सलोन, आमेष र ब्याण्डका सदस्य उपस्थित थिए ।

सलोन र आमेषले तिहार हंगामामा आफुहरुलाई धेरै भन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरे । आफुहरु अहिले गायनको अभ्यास गरिरहेको भन्दा पत्रकार सम्मेलनमा नै गीत गाएर सुनाएका थिए । कार्यक्रम आयोजक संजीव लामाले राती ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने जानकारी दिए ।