निखिल-सञ्चिता पुत्र अथर्वको डेब्यू सिनेमा ‘नाई नभन्नु ल ६’ फ्लोरमा

निखिल-सञ्चिता पुत्र अथर्वको डेब्यू सिनेमा ‘नाई नभन्नु ल ६’ फ्लोरमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबारदेखि विकास राज आचार्यको निर्देशनमा निर्माण हुने सिनेमा ‘नाई नभन्नू ल ६’ को छायांकन सुरु गरिएकको छ । काठमाडौँको सुन्धारा मल स्थित डाडुपन्यू रेष्टुरेन्टबाट सिनेमाको सुटिङ सुरु गरिएको हो । पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काले सिनेमाका लागि सट दिए ।

अथर्व लुइँटेल अभिनेत्री निखिल उप्रती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा हुन् । दसैँ तिहारको बिदाको मौका छोपी सिनेमाको सुटिङ सुरु गरिएको हो । तिहारअघिको सेड्युलमा बाल कलाकार सम्मिलित सुटिङ सक्ने निर्माण टिमको लक्ष्य छ । सिनेमामा केमियो गरिरहेका अनुभव रेग्मीले यही बीचमा आफ्नो भागको सुटिङ सक्नेछन् ।

यही सिनेमाबाट मुख्य अभिनेतामा आशिर्वाद क्षेत्रीले डेब्यू गर्दैछन् । नृत्यमा राम्रो दख्खल राख्ने आशिर्वाद सिनेमामा आँचल शर्माको अपोजिटमा देखिनेछन् । फिल्मको सुटिङ काठमाडौँबाहेक झापामा पनि हुनेछ । काठमाडौँमा बाल कलाकारको सुटिङ सकेपछि तिहार लगत्तै युनिट झापा प्रस्थान गर्नेछ । सिनेमालाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।