शुक्रबारबाट हलमा ‘के घर के डेरा र नालापाली’ रिलिज

शुक्रबारबाट हलमा ‘के घर के डेरा र नालापाली’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तिहारको अवसर पारेर शुक्रवारबाट दुई सिनेमा ‘के घर के डेरा र नालापानी’ले प्रदर्शन आएका छन् । फरक विषयवस्तु र शैलीका यी दुई सिनेमाले तिहार र छठको एक हप्ता लामो सार्वजनिक विदामा सुखद् व्यापार गर्ने अपेक्षा गरिएको छ ।

दुई सिनेमामध्ये ‘के घर के डेरा’ले मल्टीप्लेक्समा उच्च शो हात पारेको छ भने ‘नालापानी’ले पनि सन्तोषजनक शो पाएको छ । यी दुई नेपाली सिनेमालाई मल्टीप्लेक्समा हलिउडका चर्चित अभिनेता ड्वेन जोन्सन अभिनीत सिनेमा ‘ब्ल्याक एडम’ चुनौती ठूलो बन्न सक्ने देखिएको छ । यो अवस्थामा दुई घरेलू सिनेमालाई बक्सअफिसमा आफ्नो रफ्तार समात्नका लागि बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्ने देखिन्छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईमाथि निर्माण भएको ‘नालापानी’का निर्देशक रिमेश अधिकारी हुन् । रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा सिनेमा निर्माण भएको हो ।

सिनेमामा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडकालगायतको अभिनय रहेको छ ।

त्यस्तै, दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ । के घर के डेराको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।