‘डिसेम्बर फल्स’को पोस्टर देखियो आर्यनको रौद्र रुप, घाइते नर्स उपासना

‘डिसेम्बर फल्स’को पोस्टर देखियो आर्यनको रौद्र रुप, घाइते नर्स उपासना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीकको मुख्य भुमिका रहेको सिनेमा ‘डिसेम्बर फल्स’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रवार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुष १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

सिनेमाको सार्वजनिक दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन सिग्देलको रौद्र रुप देख्न सकिन्छ भने अर्को पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी नर्सको पोशाकमा रगताम्मे हातले एउटा आँखा छोपेको अवस्थामा प्रस्तुत छिन् । प्रविण झा निर्देशित सिनेमाको दुई पोस्टर आकर्षक छन् । दर्शकको ध्यान खिच्ने हिसाबमा पोस्टर तयार पारिएको छ ।

आर्यनको रिसाहा लुक्स र अस्पतालमा आर्मीको सुरक्षा घेराभित्र घाइते रुपमा प्रस्तुत उपासनाको चरित्र चित्रणले सिनेमाप्रति कौतुहलता सृजना गर्न सफल छ । यी दुई पोस्टरले सिनेमाको टिजर र ट्रेलरको प्रतिक्षा बढाएको छ । सिनेमालाई महेश आर गुप्ताले खिचेका हुन् ।

सिनेमामा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय रहेको छ । रोमान्टिक-थ्रिलर जनरामा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । सिनेमाका गीतमा सुशान्त गौतम, प्रतिक पौडेल, दीपक शर्मा र कोशिश क्षेत्रीको संगीत छ ।

लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाको निर्माता राज कुमार भट्ट हुन् । बनिश शाहले सम्पादन गरेको सिनेमाको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले लेखेका हुन् । सिनेमाको युट्युब र अष्ट्रेलिया राइट्स एजुकेशन एन्ड माइग्रेसन कर्नरले किनिसकेको छ । सिनेमा वितरणको जिम्मा श्रीराम बलाजी फिल्मस्का सुनिल मानन्धरले लिएका छन् ।