‘तिम्रो मेरो साथ’को पोस्टरमा रोमान्टिक पुष्प र साम्राज्ञी

‘तिम्रो मेरो साथ’को पोस्टरमा रोमान्टिक पुष्प र साम्राज्ञी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु सिनेमा तिम्रो मेरो साथको पोस्टर सार्वजनिक भएको छ । निर्देशक पौडेल रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका सिनेमा निर्माण गरेका थिए ।

आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको सिनेमाको पोस्टरमा अभिनेत्री साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा छन् । पोस्टरमा स्विमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको देख्न सकिन्छ ।

सिनेमा आगामी पौष २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमामा पुष्प र साम्राज्ञीका अलवा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनालले अभिनय गरेका छन् ।

रातो टीका निधारमापछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हलमा रिलिज हुने पहिलो सिनेमा हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन ।

तिम्रो मेरो साथमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।