संसद भवन अगाडी ‘महापुरूष’ टिमले खेल्यो देउसी भैलो

संसद भवन अगाडी ‘महापुरूष’ टिमले खेल्यो देउसी भैलो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगमी शुक्रबार अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महापुरूष’ टिमले देउसी भैलो खेलेको छ । शनिवार साँझ नयाँ बानेश्वरमा आयोजित देउसी भैलो कार्यक्रममा कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईलीसँगै निर्देशक प्रदीप भट्टराई र कलाकार समेत रहेका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ उपस्थित थिएँ । टिम बाहेक कलाकार जीतु नेपाल, कृष्ण कँडेल, राजा राजेन्द्र लगायत उपस्थित थिए ।

देउसी भैलोमा सार्वजनिक मंचबाट शुभकामना दिदै अभिनेता आचार्यले आउँदो मङ्सिर ४ मा आफ्नो नीति निर्माणसँगै क्षेत्रको विकास गर्ने महापुरूषहरू पठाउन अनुरोध गरे । ‘यो संसद भवनमा हाम्रो भावना बुझ्ने महापुरूषहरूलाई पठाउने दायित्व तपाइँको छ । भावीपुस्तालाई समेत हुने महापुरूषहरू छान्नु होला । त्यो अगाडी तपाइलाई पूर्ण मनोरंजन दिन हामी फिल्म महापुरूष कात्तिक ११ गते ल्याउदै छौं’, अभिनेता आचार्यले भने । उनले जनताको भावनाको कदर गर्ननसक्नेहरू सकिदै गैरहेको तर्कसमेत गरे ।

हामीले नयाँ केही गर्न लाग्दा भगवानलाई पुजा गरेर चढाउने गरेका छौँ । अहिले ‘महापुरूष’ पनि भगवानरुपी दर्शक समक्ष ल्याउँदै छौँ । हामीले यसमा एउटा संदेश पनि प्रावाह गर्न खोजेका छौँ । दर्शकले त्यसलाई अनुमोधन गर्नुहुनेछ भन्नेमा विश्वत छुु, अभिनेता आचार्यले भने । लेखक समेत रहेका निर्देशक प्रदीप भट्टराईले ‘महापुरूष’ले एक्लोपनको कथा भन्ने बताए । ‘हामीले हाम्रो सामाजमा गाडिएको गम्भीर विषयलाई सरल प्रस्तुति मार्फत देखाउदै छौँ । हलबाट निस्किएपछि समेत दर्शकसँगै फिल्म रहनेछ भन्ने मलाई विश्वास छु’, निर्देशक भट्टराईले भने ।

उपस्थित कलाकार जीतु नेपालले सिनेमालाई सफलताको शुभकामना दिए । उनले दर्शकले माया दिएर बनाएको महापुरूषद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित सिनेमा दर्शकले रुचाउने विश्वास व्यक्त गरे । सामाजिक विषयवस्तुमा आधारित ड्रामा फिल्म ‘महापुरूष’ मा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

यही सिनेमामार्फत अरुण क्षेत्री र अञ्जना बराईली डेब्यु गर्दैछन् । बाल्यकालदेखी नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठुलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेकाछन् । सिनेमामा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ । निर्देशक भट्टराई अब चौथो सिनेमा लिएर दर्शकमाझ आउँन लागेका हुन् । उनी यसपटक अघिल्ला सिनेमा भन्दा बढि कन्फीडेन्ट छन् ।

षट्कोण आट्र्सको व्यानारमा निर्मित सिनेमामा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यही सिनेमाबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा डेब्यु गरेका छन् । सिनेमाको पाश्र्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।