दुई दिनमा ‘महापुरुष’लाई २.५० करोड, आइतबारपनि आक्रामक

दुई दिनमा ‘महापुरुष’लाई २.५० करोड, आइतबारपनि आक्रामक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महजोडीको अभिनय रहेको सिनेमा ‘महापुरुष’ले आक्रामक व्यापार गर्न सफल भएको छ । प्रदर्शनको दुई दिनमा सिनेमाले साढे २ करोड ग्रस कलेक्सन गरेको समाचार द सिनेमा टाइम्सलाई प्राप्त भएको छ ।

प्रदीप भट्टराई निर्देशित सिनेमाले पहिलो दिन १ करोड र दोस्रो दिन डेढ करोडको कलेक्सन गरेको हो । सिनेमाको आइतबारको व्यापारपनि आक्रामक देखिएको छ । आइतबारदेखि प्राय: सिनेमाको व्यापारमा गिरावट देखिन्छ । तर ‘महापुरुष’को आक्रामक छ । यसमा छठ विदाले सहयोग पुर्याएको छ । आइतबारपनि सिनेमाका अधिकाँस शोज हाउसफुल छन् ।

प्रिमियरबाट प्रशंसा पाएको सिनेमालाई दर्शक उत्कृष्ट भनिरहेका छन् । सिनेमाको ‘वर्ड अफ माउथ’ बलियो भएका कारण बक्सअफिसमा राम्रो अंक जोड्ने संकेत देखिएको छ ।

एकल अभिभावकको एक्लोपनको कथा भन्ने सिनेमाले परिवारलाई नै हलसम्म तान्न सफल भएको छ । विशेष गरि हलमा बालकदेखि वृद्धसम्मको चाप देखिएको छ । भक्तपुरस्थित क्युएफएक्स हलमा एकै परिवारका २८ जना सदस्यले सिनेमा हेरेका थिए ।

निर्देशक भट्टराईको लेखन रहेको सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, सिरु बिष्ट, कोपिला थापा, नरेश पौडेललगायतका कलाकारहरुको अभिनय छ ।

दीपक बज्राचार्यको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको सिनेमामा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण र म्याक्स दिपेश खत्रीको निर्माण रहेको छ ।