‘के घर के डेरा’को लगानी सुरक्षित, दोस्रो सातामा पनि आक्रामक

‘के घर के डेरा’को लगानी सुरक्षित, दोस्रो सातामा पनि आक्रामक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत स्टारर सिनेमा ‘के घर के डेरा’ले पहिलो साता मै बक्सअफिसबाट लगानी रिकभर गर्न सफल भएको छ ।

दीपेन्द्र के खनाल निर्देशित सिनेमाले पहिलो साता घरेलु बक्सअफिसबाट ३ करोड ६३ लाख ग्रस कलेक्सन गर्न सफल भएको हो । मध्यम लगानीमा निर्माण भएको सिनेमाले लगानी रिकभर गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

कार्तिक ४ देखि सार्वजनिक प्रदर्शनमा आएको सिनेमाले दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ । दोस्रो शुक्रबार र शनिबारपनि सिनेमाको व्यापार उत्कृष्ट रह्यो ।

दोस्रो आइतबारपनि सिनेमाको व्यापारमा गिरावट देखिएको छैन । छठको विदामा शोज हाउसफुल देखिएका छन् । आइतबारको व्यापारपनि आक्रामक देखिएको छ ।

समिक्षकबाट मिस्रित प्रतिक्रिया पाएको सिनेमाको ‘वर्ड अफ माउथ’ भने बलियो देखिएको छ । राजधानीका डेरावाल र घरबेटीको कथा भन्ने सिनेमाको कमेडी पाटो रुचाइएको छ । सिनेमाले दर्शक बाँध्न सफल भएको छ ।

सिनेमामा रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, कोसिस क्षेत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा/संवाद रहेको सिनेमामा शंकर थापा (स्माइल)/कोसिस क्षेत्रीको संगीत, सुर्य ठोकर एक्सन, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

युवराज कार्कीको कार्यकारी निर्माण रहेको सिनेमामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानी छ ।