‘महापुरुष’ हेर्न हल पुगिन् ९१ वर्षिया वृद्धा

‘महापुरुष’ हेर्न हल पुगिन् ९१ वर्षिया वृद्धा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बाग्लुङकी ९१ वर्षिया वृद्धा प्रदर्शनरत सिनेमा ‘महापुरुष’ हेर्न हल पुग्नु भएको छ । काठमाडौंको आइएनआइ लोत्से हलमा ९१ वर्षिया भिममाया ओझासंग निर्माण पक्षले फोटो खिचाएको छ ।

 

आफ्नो पनातीको न्वारानको लागि काठमाडौं आउनु भएकी भिममायाले ‘महापुरुष’को चर्चा सुनेपछि हलसम्म पुग्ने सोच बनाउनु भएको हो ।

उहाँ आफ्नो परिवारसहित लौरो टेक्दै हल पुगेकी पुग्नु भएको थियो । भिममायालाई हलमा देखेपछि निर्माण पक्षले हालखबर सोधेको थियो । निर्देशक प्रदीप भट्टराईसहितको टिमले भिममायाको हातबाट आशिर्वादपनि लिएको थियो ।

प्रदर्शनको दिनदेखि आक्रामक व्यापार गरिरहेको ‘महापुरुष’ हेर्न बालकदेखि वृद्धसम्मको चाप देखिएको छ । आइतबारपनि सिनेमाले आक्रामक व्यापारलाई निरन्तरता दिइरहेको छ ।

शनिबार मात्रै भक्तपुरस्थित क्युएफएक्स हलमा एकै परिवारका २८ जना सदस्यले सिनेमा हेर्न पुगेका थिए ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार सिनेमालाई दर्शकले अत्याधिक रुचाएका छन् । सिनेमाले प्रिमियरमा पनि उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको थियो । सिनेमालाई समिक्षकले पनि राम्रो भनेका छन् ।

एकल अभिभावकको एक्लोपनको कथा भन्ने सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, सिरु बिष्ट, कोपिला थापा, नरेश पौडेललगायतका कलाकारहरुको अभिनय छ ।

दीपक बज्राचार्यको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको सिनेमामा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण र म्याक्स दिपेश खत्रीको निर्माण रहेको छ ।