फागुन १९ मा अनमोलको ‘छड्के २’

फागुन १९ मा अनमोलको ‘छड्के २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिकक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टर सार्वजनिक भएसँगै सिनेमाप्रति दर्शकमाझ कौतुहल्ता बढ्न् निश्चित छ ।

सार्वजनिक ग्याङस्टर लूक्समा अनमोलको भयानक रुप देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् ।

६० दिनको छायांकन सेड्युलमा सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको थियो । छड्के २ एउटा रिभेन्ज ग्याङ स्टोरी सिनेमा हो । यो सिनेमा पहिलो भागसँग कुनैपनि सम्बन्ध नरहेको निर्देशक निगम श्रेष्ठले बताए ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।