फागुनमा रिलिज तोक्दै ‘बगान’को गीत रिलिज

फागुनमा रिलिज तोक्दै ‘बगान’को गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता सरोज खनालको डेब्यु निर्देशन सिनेमा ‘बगान’को दोस्रो गीत सार्वजनिक भएको छ ।

सोमबार राजधानीमा आयोजित एक प्रेसमिटमा बीच सार्वजनिक गरिएको ‘उडी छुनु छ आकाश’को बोलको गीतले एकल महिलाले समाजमा भोग्ने पिडा, सन्तानप्रतिको प्रेम र एक्लोपनको कथा बोल्छ ।

भिडियोको चलअचल दृश्यमा अभिनेत्री करिश्मा मानन्धर, नवकलाकार प्रमिला कार्कीलगायतका कलाकार फिचर्ड छन् । सिनेमामा करिश्मा र प्रमिलाले आमा-छोरीको भूमिका निर्वाह गरेका छन् ।

सुरेश वाग्लेको शब्द रचना रहेको गीतमा हरि लम्सालको संगीत र बानीका प्रधानको स्वर रहेको छ । गीतका शब्द मार्मिक लाग्छन ।

सिनेमाले विधुवा आमालाई विवाह गर्न नदिने समाजप्रति प्रश्न गर्ने निर्देशक खनालले बताए ।

‘यदि अल्पआयूमै श्रीमातीको निधन भएपछि पुरुषलाई बाँकीको जीवन विताउन जीवनसाथीको खाँचो हुन्छ भने के महिलाहरुलाई हुँदैन ? अब विधूर पिताको मात्र होइन, विधुवा आमाको पनि विवाह गर्नुपर्छ । सिनेमाले उठाएको सवाल यही हो ।’ निर्देशक खनालले भने ।

फागुन १२ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा करिश्मा र प्रमिलासंगै निर शाह, सरोज खनाल, मिथिला शर्मा, बसुन्धरा भुषाललगायतका कलाकारहरुको अभिनय छ । सिनेमामा अभिनेता आकाश श्रेष्ठले अथिति भूमिका निर्वाह गरेका छन् ।

सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको सिनेमामा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी/उत्सव दाहालको छायांकन र अर्जुन जिसी/राजेश शाह/संदेश शाहको सम्पादन रहेको छ ।