शुक्रबारबाट हलमा मल्टिस्टारर ‘लाखे’ रिलिज

शुक्रबारबाट हलमा मल्टिस्टारर ‘लाखे’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट मल्टिस्टारर सिनेमा ‘लाखे’ प्रदर्शनमा आएको छ । प्रदर्शन पूर्व बुधबार राजधानीमा आयोजना गरिएको सिनेमाले सिनेमाकर्मीबाट मिश्रित प्रतितक्रिया पाएको सिनेमाको एक्शन र क्लाइमेक्सको चर्चा भएको थियो ।

औषत प्रचार प्रसारका बीच रिलिज भएको सिनेमाले मल्टिप्लेक्स हलमा न्युन शोज पाएको छ । यस्तै, सिनेमाले सिंगल स्क्रिन तर्फ भने उल्लेख्य शोज आफ्नो पोल्टामा पारेको छ । निर्देशक सम्राट बस्नेत शुक्रबार सिनेमाको शो सङ्ख्या कम भएपनि राम्रो सिनेमा बनेकाले शनिबारबाट दर्शकको वर्ड अफ माउथले शो बढ्दै जाने विश्वास व्यक्त गरे ।

सम्राट बस्नेतले निर्देशन गरेको सिनेमामा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सिजन अर्यालको कथा तथा निर्माण रहेको सिनेमाको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । सिनेमामा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।