ओएसआर र कमेडी च्याम्पियन टिमले सिनेमा निर्माण गर्दै, निर्देशकमा विशाल भण्डारी

ओएसआर र कमेडी च्याम्पियन टिमले सिनेमा निर्माण गर्दै, निर्देशकमा विशाल भण्डारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले ओएसआर डिजिटलसँग मिलिर सिनेमा निर्माण गर्ने भएका छन् । ओम प्रकाश अग्रवाल निर्माता रहने सिनेमाको निर्देशन भण्डारीले गर्नेछन् । बिहीवार भण्डारी र अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे । दुवैले सिनेमालाई अब्बल र स्तरीय बनाउन कुनै कसर नछाड्ने बताए ।

सिनेमाको कथा यम थापाले तयार पारेका हुन् । थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा निर्माण हुने सिनेमाका लागि केही दिनमा कलाकार छनोट गरिने जनाइएको छ । सिनेमाको नामको विषयमा पनि छलफल भइरहेको निर्देशक भण्डारीले बताए । यस वर्ष सिनेमाको सम्पूर्ण छायांकन सकेर २०८० सालको दशैंमा प्रदर्शन गर्ने योजना रहेको निर्माता अग्रवालले जानकारी दिए ।

सिनेमाको बारेमा निर्देशक भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यम थापाजी र म एक विषयमा विगत ३ वर्षदेखि लगातार बहसमा थियौं । विभिन्न चरणको लेखाई र करेक्सनपछि आएको नतिजा हेर्दा दुवैलाई यहि नै हो बनाउन खोजेको विषय र भन्न खोजेको कथा भन्ने निष्कर्ष आएकोले अब भने सिनेमा निर्माण गर्ने सहमती र्गयौं । विषयवस्तुलाई लिएर ढुक्क छौं । चाँडै सिनेमाको बारेमा सम्पूर्ण जानकारी गराउने छौं ।’