‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाएर २५ हजार जित्नुहोस्

‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाएर २५ हजार जित्नुहोस्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ । पुस २९ गते रिलिज हुने सिनेमाबाट निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू गर्दैछन् ।

सिनेमाले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो । सिनेमाको यो गीतले यूट्यूबमा रिलिज भएको ७ दिनमा ११ लाख बढि भ्यूज पाएको छ । टिकटक प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ ।

सहभागीहरूले #rumalaibatera,  #timromerosath, #RameshMKPoudel ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ । टिकटक प्रतियोगिता अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ । यो प्रतियोगिता सिनेमाका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागु हुनेछ । सिनेमामा कुल ३ वटा गीत रहेका छन् ।

‘रूमालै बाटेर टाई बनाम’ बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द वि पाण्डेले लेखेका हुन् । सार्वजनिक गीतमा मेलिना राई र जगदिश समालको युगल स्वर रहेको छ । सिनेमामा पुष्प र साम्राज्ञीको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन(खबपु) लगायतको मूख्य भूमिका रहेको छ ।

सिनेमालाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले मिलेर लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा रहेका छन् । सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन् ।