मंसिर २३ मा रिलिज हुने ‘सोल अफ द कमान्डो’बाट कमब्याक गर्दै राजकुमार

मंसिर २३ मा रिलिज हुने ‘सोल अफ द कमान्डो’बाट कमब्याक गर्दै राजकुमार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता राजकुमार राई २४ वर्ष पछि सिनेमा ‘सोल अफ द कमान्डो’ बाट अभिनयमा कमब्याक गर्ने भएका छन् । उनले सन् १९९८ मा रिलिज भएको नेपाली सिनेमा ‘कमाण्डो’मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए । आगामी मंसिर २३ गतेबाट प्रदर्शन हुने सिनेमा ‘द सोल अफ कमान्डो’मा पनि उनी मुख्य अभिनेताको रुपमै देखिनेछन् ।

सन १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जितेर अन्र्तराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी राईले नेपाली सिनेमा क्षेत्रमा पनि बिशेष योगदान पुर्याएका छन् ।

सिनेमा ’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्गदेल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बुको पनि मुख्य अभिनय रहेको छ । सिनेमाका निर्देशक युवराज राईले हुन् भने कार्यकारी निर्मातामा विजय एल राई रहेका छन् ।

सिलिचुङ सिनेमा प्राइभेट लिमिटेडले निर्माण गरेको सिनेमाको निर्माता मिलन राई, रवि थापा र धन लिम्बू रहेका हुन् । सिनेमामा दिर्घ गुरुङको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विमल धमला र सीमा राईले प्रोडक्सन मेनेजरको जिम्मेवारी निवार्ह गरेका छन् । ग्रयान्ड मास्टर राजकुमार राईले सिनेमा प्रदर्शनबाट संकलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने बताए ।