मंसिर १६ मा रिस्ताको ‘पासो’ रिलिज हुने

मंसिर १६ मा रिस्ताको ‘पासो’ रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री रिस्ता बस्नेत अभिनित सिनेमा ‘पासो’ले प्रदर्शन मिति तय गरेको छ । कन्टेन्ट थ्रिलर जनरामा निर्मित सिनेमा अब मंसिर १६ देखि सार्वजनिक प्रदर्शनमा आउनेछ ।

निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा रिस्तासंगै सुनिशा बजगाँई र रामकुमार बास्ताकोटी फिचर्ड छन् ।

अज्ञात समुहको अपहरणमा परेका दुई मिल्ने साथिले आफ्नो जीवन बचाउन गर्ने संघर्षमा आधारित सिनेमालाई आर.बी पुनले निर्देशन गरेका हुन् । सिनेमाको लेखनपनि निर्देशक पुन कै हो ।

प्रदर्शन मिति घोषणासंगै निर्माण पक्षले नेट कलेक्सनको १५ प्रतिशत रकम धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञान’ धाम निर्माणार्थ प्रदान गरिने बताएको छ ।

रिस्ता, सुनिशा, रामकुमारसंगै सिनेमामा प्रतिक दुलाल, प्रनव आकाशलगायतका कलाकारहरुको अभिनय छ ।

बी.आर इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका निर्माता भगवान भुजेल हुन् । सिनेमाको सहनिर्मातामा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ रहेका छन् ।

रिच इन्टरटेन्मेन्टले काठमाडौंमा र एफडी कम्पनीले काठमाडौं बाहिर सिनेमाको वितरण गर्नेछ ।