भारतमा प्रदीपलाई ‘प्रेमगीत ३’ बाट डेव्यु अभिनेताको अवार्ड

भारतमा प्रदीपलाई ‘प्रेमगीत ३’ बाट डेव्यु अभिनेताको अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदीप खड्काले ‘प्रेमगीत ३’को हिन्दी डबबाट उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका छन् । नोभेम्बर १० देखि १३ तारिखसम्म भारतको आग्रामा भएको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’मा उनले डेब्यू अभिनेताको अवार्ड जितेका हुन् ।

अवार्ड उचालेपछि खिचिएको तस्विरमा प्रदीप खुसी देखिएका छन् । यो फेस्टिभलमा ‘प्रेमगीत ३’को हिन्दी डबसहित भारत, रुस, डेनमार्क, अमेरिका, यूके, इजिप्ट लगायतका देशका दर्जन बढी सिनेमा प्रतिस्पर्धामा थिए । केही हप्तादेखि भारतमा रहेका प्रदीपको ‘प्रेमगीत ३’को हिन्दी डब प्रदर्शन भएसँगै बलिउडकर्मीसँग निकटता बढेको छ । उनी दुई हप्ता अगाडि मुम्बईमा भएको बलिउड सिनेमा ‘डबल एक्सएल’को प्रिमियरमा समेत सहभागी भएका थिए ।

‘प्रेमगीत ३’को भारत प्रदर्शनले प्रदीपलाई बलिउड प्रवेश गर्नका लागि ठूलो ढोका खोलेको छ । स्रोतका अनुसार, उनले एक बलिउड सिनेमा साइन गरेको खबर सार्वजनिक हुन सक्नेछ । उनी यसैका लागि निर्माता सन्तोष सेनको साथमा तीन हप्तादेखि मुम्बईमा छन् । भारतमा ‘प्रेमगीत ३’ले उच्च कमाई नगरेता पनि प्रदीपको लुक्स र वाककलाले बलिउडकर्मीलाई लोभ्याएको छ ।

‘प्रेमगीत ३’ अभिनेता खड्काको करिअरकै सर्वाधिक कमाई गर्ने पहिलो सिनेमा हो । नेपालमा सिनेमाको हिन्दी र नेपाली भर्सनले ठूलो कमाई गरेको छ । यद्यपि, ‘प्रेमगीत ३’ले नेपाली सिनेमाका लागि भारतीय बजारमा ठूलो ढोका खोलेको छ ।