३२ दिनमा ‘गुलाबी’ प्याकअप, आमाको भूमिकामा सञ्चिता

३२ दिनमा ‘गुलाबी’ प्याकअप, आमाको भूमिकामा सञ्चिता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – समुन्द्र भट्टको निर्देशित सिनेमा ‘गुलाबी’को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन सुरु भएको सिनेमाको आइतवार काठमाडौंमा इन्डक्ल्याप गरिएको हो । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ३२ दिनमा सिनेमाको छायांकन सकिएको निर्देशक भट्टले बताइन् ।

सिनेमाको एक गीत बाहेकबो सम्पुर्ण छायांकन सकिएको निर्माण टिमले जानकारी दिएकको छ । सिनेमामा नाजिर हुसेनले मुख्य भूमिका निवार्ह गरेका छन् । पारलैङ्गिकताको कथामा निर्माण भएको सिनेमामा अभिनेत्री सञ्चिता लुइँटेलको पनि अभिनय रहेको छ । गुलाबीमा सुशील सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतको पनि अभिनय छ ।

निर्माण टिमले छायांकन सकिएको जानकारी दिँदै मिडियालाई उपलब्ध गराएको एक तस्विरमा उनी सिउँदोमा सिन्दूर र गालामा रातो पोते लगाएर निर्देशक भट्टको साथमा अभिनेत्री सञ्चिता लुइँटेल देखिएकी छन् । उनको लुक्सले सिनेमामा उनी कुनै एक पात्रको आमाको भूमिकामा रहेको बुझ्न सकिन्छ ।

सिनेमाको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसेनले सहकार्य गरेका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘गुलाबी’मा आलोक शुक्लाको छायांकन छ भने सम्राट बस्नेत द्वन्द्व निर्देशनको रहेको छ । निर्देशक भट्टले सिनेमालाई आगामी फागुनमा प्रदर्शन गर्ने गरि यसै साताबाट पोष्ट प्रोडक्सनको काम सुरु हुने जानकारी दिइन् ।

क्यानडाको टोरन्टो सिनेमा स्कुलबाट निर्देशन पढेकी निर्देशक भट्टले केही वर्षअघि ‘आधा पेज’ सिनेमाको निर्देशन गरेकी थिइन् । केही वर्षको अन्तरालपछि भट्ट पुनः निर्देशनमा फर्किएकी हुन् । आफुले निकै मेहनत गरेर सिनेमा निर्माण गरेकाले दर्शकको मन जित्ने विश्वास उनको छ ।