पल, नाजिर र वर्षा अभिनित ‘वीर विक्रम २’को हिन्दी भर्सन ट्रेलर रिलिज

पल, नाजिर र वर्षा अभिनित ‘वीर विक्रम २’को हिन्दी भर्सन ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्स निर्देशित सिनेमा ‘वीर विक्रम २’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ ।

पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी अभिनित सिनेमा मंसिर १५ मा ओएसआर इन्टरनेशनलको युट्युब च्यानलबाट सार्वजनिक हुनेछ । यसको नेपाली भर्सन सिनेमा भने युट्युबमा सार्वजनिक भैसकेको छ ।

कोरोना महामारी अगाडी निर्देशक चाम्सले यो सिनेमालाई भारत र डिजिटल प्लेटफर्म लक्षित गर्दै हिन्दी भाषामा डब गरेका थिए । तर महामारीको असरमा पर्दा रिलिज अन्योल बन्यो । अन्तत: सिनेमा युट्युब मै रिलिज हुने भयो ।

सिनेमाको हिन्दी ट्रेलर नेपाली भन्दा फरक छैन । तर हिन्दी भाषामा सिनेमा हेर्न दर्शकमा उत्सुकता पैदा गर्छ ।

२०७६ साल जेठ ३ मा रिलिज भएको सिनेमाले दर्शक र समिक्षकबाट मिस्रित प्रतिक्रिया पाएको थियो । मित्रताको कथा भन्ने सिनेमामा बुद्धि तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनोज केसीलगायतका कलाकारहरुको अभिनय छ ।

सुदीप बरालले खिचेको सिनेमालाई मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको छ । प्रदीप भारद्वाजको लेखन रहेको सिनेमामा रञ्‍जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

हिमाल केसीको द्वन्द्व रहेको सिनेमामा बनिष शाह को सम्पादन छ । अर्पण सापकोटा कार्यकारी निर्माता रहेको सिनेमामा रन्जिता सिवाकोटीको सहलगानी छ ।

यसको अघिल्लो सिरिज २०७३ सालको भदौ ३ मा सार्वजनिक प्रदर्शनमा आएको थियो । दयाहाङ राई, अनुपविक्रम शाही, नाजिर हुसेन, अर्पण थापा र दीया पुन अभिनित सिनेमा बक्सअफिसमा हिट सावित भएको थियो ।