निर्माता तथा कलाकार रोज राणा प्युठानबाट प्रदेशसभामा विजयी

निर्माता तथा कलाकार रोज राणा प्युठानबाट प्रदेशसभामा विजयी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा निर्माता, कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा) प्यूठानबाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसका राणा प्यूठान प्रदेशसभा ‘ख’मा आफ्ना निकटतम् प्रतिद्वन्दीभन्दा १ हजार ७१२ मत अन्तरले विजयी भएका हुन् । उनले २२ हजार ५१८ मत ल्याउँदा नेकपा एमालेका हरि रिजालले २० हजार ८०७ मत ल्याए । उनी प्यूठान क्षेत्र नम्बर २ को क्षेत्रिय सभापति समेत हुन् ।

रोजले प्रदेशसभाको चुनाव लड्नका लागि नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पद समेत छाडेका थिए । उनी निर्माता संघका निवर्तमान महासचिव हुन् । पहिलो प्रयासमै प्रदेशसभामा विजयी हासिल गर्न सफल भएका उनलाई यसअघि कांग्रेस सत्तामा हुँदा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रयास पनि भएको थियो । तर, रोजले नै बोर्ड जाने इच्छा देखाएनन् ।

रोजले ‘दादागिरी’बाट सिनेमा निर्माणमा हात हालेका थिए । त्यसपछि उनले ‘डन, खलनायक, टक्कर दुई मुटुको, ‘म छु नि तिम्रो, मेरो पैसा खोइ ?’ लगायतका सिनेमा निर्माण गरेका थिए । यी सिनेमामा उनले अभिनय पनि गरेका छन् । सिनेमा ‘जय पशुराम’बाट निर्देशनमा समेत हात हालेका उनले पछिल्लो पटक ‘मेरो पैसा खोइ ? नामक सिनेमाको निर्माण तथा निर्देशन गरेका थिए ।