किरण नेपालीले ‘हात्तीछाप’ बनाउने, प्रदीप भारद्धाज लेख्दैछन् कथा

किरण नेपालीले ‘हात्तीछाप’ बनाउने, प्रदीप भारद्धाज लेख्दैछन् कथा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – किरण नेपालीले ‘पोई पर्यो काले र २ नम्बरी’ बाट आफूलाई सफल निर्माताको रुपमा स्थापित गरिसकेका छन् । अब उनी नयाँ सिनेमाको तयारीमा जुटेका छन् । ‘पोई र्पयो बुढो’ बनाउने भनेर घोषणा गरेका उनले तत्काललाई यो सिनेमाको निर्माण रोक्दै ‘हात्तीछाप’ नाममा नयाँ सिनेमा निर्माण गर्ने भएका छन् । यसै वर्षको चैतबाट सिनेमाको छायांकन सुरु गर्ने तयारीमा उनको छ ।

सिनेमामा नाम चलेका कलाकार तथा निर्देशक रहने नेपालीको भनाई छ । सिनेमालाई प्रदीप भारद्धाजले लेखेका हुन् । किरणले भने- ‘सिनेमाको कथा पढेपछि म प्रभावित भएँ । यसैले ‘पोई र्पयो बुढो’ लाई पोस्टपोन्ड गरेर पहिला यो सिनेमा बनाउने निर्णय गरेका हुँ ।’ रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा सिनेमा निर्माण हुनेछ । ‘हात्तीछाप’ सामाजिक कथावस्तुमा निर्माण हुने निर्माता नेपालीले जानकारी दिए ।

किरणले आफ्ना दुई सिनेमा ‘पोई र्पयो काले’ र ‘२ नम्बरी’को निर्माणमा कास्की प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे) सँग सहकार्य गरेका थिए । ‘हात्तीछाप’मा पनि राजिव निर्माताको रुपमा जोडिन सक्नेछन् । सिनेमाका लागि निर्देशक र कलाकार केही दिनमा फाइनल गरिने उनले बताए । ‘हात्तीछाप’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ ।