विवाह बन्धनमा बाँधिए सलोन र करिष्मा (तस्वीर सहित)

विवाह बन्धनमा बाँधिए सलोन र करिष्मा (तस्वीर सहित)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले विवाह गरेका हुन् । अहिले उनीहरुको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह भइरहेको छ । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका थिए ।

सलोन र करिश्माले चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । विवाहपूर्व शनिवार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेवन रिसोर्टमा मेहेन्दी र संगीतको कार्यक्रम भएको थियो, जहाँ केही चर्चित कलाकारहरु पनि उपस्थित थिए । संगीत कार्यक्रममा सलोन अभिनेता सलिनमान बनियाँको काँधमा चढेर नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल छ ।

सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् । यसपछि भने उनीहरुले म्यूजिक भिडियोमा काम गरेका छैनन् । पेशाले एयर होस्टेस भए पनि करिश्माले विभिन्न व्यवसायमा समेत हात हालेकी छन् । उनले अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालासँग मिलेर दरबारमार्गमा एक कोरियन रेस्टुरेन्ट चलाउँदै आइरहेकी छन् ।

सलोनले मंसिर १४ गते काठमाडौंको एक पाँचतारे होटलमा विवाहको रिसेप्सन पार्टी दिँदैछन्, जसमा ७ सयभन्दा बढीलाई निमन्त्रणा गरिएको जानकारी प्राप्त छ । बाल्यकालदेखि नै अभिनयमा सक्रिय सलोन विवाहपछि पिता शाभित बस्नेतले निर्माण गर्न लागेको सिनेमा ‘जय हो’मा काम गर्ने तयारीमा छन् । यतिबेला उनी अभिनीत सिनेमा ‘मिलन’ हलमा प्रदर्शन भैरहेको छ ।