रिस्ता र सुनिशालाई ‘पासो’मा गरेको मेहनत दर्शकले स्वीकार्ने अपेक्षा

रिस्ता र सुनिशालाई ‘पासो’मा गरेको मेहनत दर्शकले स्वीकार्ने अपेक्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् मंसिर १६ गतेबा सिनेमा पासो रिलिज हुँदैछ । सिनेमाका मुख्य दुई अभिनेत्री रिस्ता बस्नेत र सुनिशा बजगाई केहि दिन यता सिनेमाको प्रचार प्रसारमा व्यस्त छन् । सिनेमा राम्रो बनेकाले पनि दर्शकको साथ पाउने अपेक्षा निर्माण टिमसँगै अभिनेत्रीद्धयलाई पनि छ ।

नेपाली सिनेमा ‘पासो’ शुक्रबारबाट शोलो रिलिज हुँदैछ । जसको प्रत्यक्ष फाइदा सिनेमालाई हुने देखिन्छ । फुटबल विश्वकपको कारण दर्शकको चाप घटेको अवस्थामा प्रदर्शनमा आउने सिनेमाले दर्शकबाट सकारात्कम प्रतिक्रिया पाउन जरुरी छ । त्यसो भएको खण्डमा सिनेमाले हलमा पर्याप्त मात्रमा शोज पाउने सहज हुनेछ ।

आर बी पुनको निर्देशनमा निर्माण भएको सिनेमालाई भगवान भुजेलले बनाएका हुन् । सिनेमा ‘पासो’ शोलो रिलिज हुँदा निर्मातालाई पनि आर्थिक रुपमा केही राहत हुने अपेक्षा गरिएको छ । सिनेमाको ट्रेलरबाट नै यसको कथावस्तु केही भिन्न रहेको र प्रस्तुतिमा निर्देशकले नयाँपन खोजेको अनुमान गर्न सकिन्छ ।

सिनेमाको मुख्य भूमिकामा अभिनेत्री रिस्ता बस्नेत र सुनिशा बजगाईको अभिनय छ । नारी केन्द्रित सिनेमाले महिला अपहरण, बलात्कार र बिद्रोहको कथा भन्छ । सिनेमामा काम गर्दा आफू १० दिनसम्म एउटा बक्सा भित्र बन्द भएको रिस्ताले बताइन् । सिनेमाको छायांकनको क्रममा आफूले धेरै पटक अब काम गर्न सक्दिनँ समेत भनेको रिस्ता सम्झिछिन् । कतिपय समयमा त पेन किलर खाएर काम गरेको उनको अनुभव छ ।

सुनिशाले भने ५ दिनसम्म हात बाँधेर काम गरेकी थिइन् । ५ दिनसम्म हात बाँधेर काम गर्दा निक्कै गलेको अनुभव सुनाउँदै सुनिशाले दर्शकले फरक स्वादको सिनेमा हेर्न पाउने बताइन् । सिनेमा ‘पासो’का आफूहरुले गरेको दुःख दर्शकले स्विकार गर्ने आशा राखेका छन् ।