भारतीय कम्पनीले आर्यन सिग्देलको ‘सायरा’लाई विश्वव्यापी रिलिज गर्ने

भारतीय कम्पनीले आर्यन सिग्देलको ‘सायरा’लाई विश्वव्यापी रिलिज गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा निर्माण हुने नेपाली सिनेमा ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुनेछ । काठमाडौंमा सिनेमाका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रवन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’ बारे सम्झौता गरेकाछन् । ‘पावनी फिल्मस्ले विश्वभर सिनेमालाई प्रमोशन गर्नेछ । हामीलाई सिनेमा निर्माणमा यसले झनै मदत पुगेको छ’, प्रस्तुतकर्ता परियारले बताए ।

पावनी फिल्मस्का प्रवन्ध निर्देशक चौधरीले नेपाली सिनेमासँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । ‘नेपाली सिनेमाको मेकिङ अनुसार अझै बजार पाउन सकेको छैन । यसैकारण पनि हामी नेपाली सिनेमालाई विश्वभर प्रचारप्रसार गर्न आएका छौँ । नेपाली-इण्डो सिनेमा भएकाले हामीले धेरै आश राखेका छौँ’, चौधरीले बताए । आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने सिनेमामा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित भएका छन् ।

सोनीलाई सिनेमामा प्रस्तुतकर्ता परियारसँगै निर्माता पुस्कर झा र कार्यकारी निर्माता काजीमान आत्रेयले अनुबन्धित गरेका हुन् । नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुँदैछ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।

सिनेमाको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल सिनेमा निर्माण गर्न लागेको बताए । सिनेमाको छायांकन आउँदो वर्ष सन् २०२३ मा गरिनेछ । आर्यन अभिनित सिनेमा ‘डिसेम्बर फल्स’ प्रदर्शन भए पश्चात उनी सायराको छायांकनमा व्यस्त हुनेछन ।