संयम र आश्मा विवाह बन्धनमा बाँधिए

संयम र आश्मा विवाह बन्धनमा बाँधिए

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसीले ८ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । शुक्रवार बौद्धस्थित पाँचतारे होटल हायातमा उनीहरुले विवाह गरेका हुन् । संयम अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, हेमराज विसीलगायतलाई जन्ती लिएर दुलही लिन हायात होटल पुगेका थिए ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका संयम र आश्मा विवाहका लागि नेपाल आएकका थिए । उनीहरुको विवाहमा निकट केही सिनेमाकर्मी र आफन्तको मात्रै सहभागीता रहेकको थियो । संयम निर्देशक नारायण पुरीका छोरा हुन् । आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् ।

संयम र आश्माले पहिलो पटक सिनेमा ‘आभाष’मा एकसाथ काम गरेका थिए । सोही सिनेमामा काम गर्ने क्रममा उनीहरुबीच प्रेमको बसेको थियो । संयम र आश्माले सिनेमा ‘नाइँ नभन्नु ल ३’मा पनि एकसाथ काम गरेका छन् । अभिनेत्री आश्मा अमेरिका जानु अगाडि रेखा थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘रामप्यारी’मा अभिनय गरेकी थिइन् ।

अभिनयमा अब्बल मानिने संयमले सुनिल रावलको लगानीमा निर्माण भएको सिनेमा ‘सायद’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । उनल त्यसपछि ‘पुन्टे परेड’, ‘लभ सब’, ‘ग्याङस्टर ब्लुज’, ‘रातो घर’ लगायतका सिनेमामा अभिनय गरेका छन् ।