शुक्रबारबाट प्रदर्शनमा आए ‘डेसान र सोल अफ द कमाण्डो’

शुक्रबारबाट प्रदर्शनमा आए ‘डेसान र सोल अफ द कमाण्डो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट दुई नेपाली सिनेमा ‘डेसान र सोल अफ द कमाण्डो’ प्रदर्शनमा आएका छन् । बिना प्रचार-प्रसार प्रदर्शनमा आएका सिनेमाले मल्टिप्लेक्स हलमा न्युन शोज पाएका छन् । तर, सिगल स्क्रिन भने दुवै सिनेमाले आधा-आधा स्क्रिन बाँडेका हुन् ।

सिनेमाले दर्शकलाई हलसम्म तान्नको लागि वर्ड अफ माउथ राम्रो पाउन आवश्यक देखिन्छ । शुक्रबार रिलिज भएका फ्रेस नेपाली सिनेमाभन्दा छैंटो हप्तामा प्रदर्शनरत सिनेमा ‘महापुरुष’ले नै बढि शोज पाएको छ । यसले पनि महापुरुष पछि रिलिज भएका नेपाली सिनेमाले दर्शक हलसम्म तान्न नसकेको देखिन्छ ।

मिलन राइको कथा र सनम जेबीआर रानाको पटकथा तथा युवराज राई (वीरबहादुर)ले निर्देशन गरेको ‘सोल अफ द कमान्डो’ बाट अभिनेता राजकुमार राईको २४ वर्षपछि अभिनय क्षेत्रमा पुनरागमन गरेका छन् । उनले सन् १९९८ मा रिलिज भएको सिनेमा ‘कमाण्डो’मा मुख्य अभिनेताको भुमिका निवार्ह गरेका थिए ।

सिनेमामा शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिका राम ठकुरी, सोनीका राईको पनि अभिनय रहेको छ । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण भएको सिनेमाको कार्यकारी निर्माता विजय एल राइ, निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् ।

कमल एक्चै मगरद्वारा निर्देशित सिनेमामा नम्रताका अलवा भोला सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको पनि अभिनय रहेको छ । कोरोना महामारीको त्रासदीपूर्ण समयमा छायांकन गरिएको सिनेमाले दर्शकलाई नौलो स्वाद पस्कने निर्देशक मगरको दावी छ ।

पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको सिनेमामा राजु काउचाको कथा लेखन, निर्देशक मगरको पटकथा तथा संवाद, चक्रबहादुर महर्जनको छायांकन, हरि लम्सालको संगीत, अजय स्याङतेनको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन छ । कलाकारहरु पनि दर्शकलाई सिनेमा मनपर्नेमा विश्वस्त छन् ।