१० लाख खर्चेर हेलिकप्टर चार्टर गरि ‘डिसेम्बर फल्स’को सुटिङ

१० लाख खर्चेर हेलिकप्टर चार्टर गरि ‘डिसेम्बर फल्स’को सुटिङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘डिसेम्बर फल्स’को कोरोना महामारीका कारण लामो समय केही प्रतिशत छायांकन रोकिएको थियो । केही समयअघिबाट सिनेमाको दुई गीत र क्लाइमेक्सका दृश्य छायांकन गरियो । सिनेमाको रिलिज मिति नजिकिँएसँगै निर्माण टिमले सिनेमाको अन्तिम दृश्य शनिवार लाङटाङ पुगेर खिचेको छ ।

निर्माताले पूरै यूनिटलाई हेलिकप्टर चार्टर गरेर लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय गन्तव्यले प्रख्यात लाङटाङमा छायांकनका लागि लगेका थिए । एक दिनको छायांकनका लागि हेलिकप्टर चार्टरसहित १० लाखभन्दा बढी खर्च भएको निर्माता रामप्रसाद रिजालले जानकारी दिए । योसँगै सिनेमाको सम्पूर्ण छायांकन सकिएको छ ।

सिनेमा निर्माणमा रिजालले दिल खोलेर खर्च गरेका छन् । क्लाइमेक्स होस् वा दुई हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको ‘फकाउनै जानिनँ’ गीत तयार गर्न उनले पैसाको ओइरो लगाएका हुन् । गीतमा मात्र ३० लाख बढी खर्च गरिएको थियो । निर्माता रिजाल खर्च गरेअनुसार सिनेमा स्तरीय बनेको बताउँछन् । दर्शकलाई सिनेमाले लभस्टोरी र एक्सनमा फरक स्वाद दिने विश्वास छ ।

नेपाली मुलका भारतीय निर्देशक प्रविण झाको निर्देशनमा निर्माण भएको सिनेमालाई बलिउड छायांकार महेश आर गुप्ताको छायांकन गरेका हुन् । सिनेमामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् । सिनेमामा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमा आगामी पौष १५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।