‘भगवत गीता’मा धिरज मगर अनुबन्धित, सुहानासंग जोडी बाँधिने

‘भगवत गीता’मा धिरज मगर अनुबन्धित, सुहानासंग जोडी बाँधिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – झरना थापाले निर्देशन गर्ने सिनेमा ‘भगवत गीता’मा अभिनेता धिरज मगर फाइनल भएका छन् ।

आइतबार निर्देशक थापा र अभिनेता मगरबीच कागजी सम्झौता भयो । सिनेमामा अब धिरजको जोडी अभिनेत्री सुहाना थापासंग बाँधिनेछ । युवापुस्तामा लोकप्रिय सुहाना र धिरजको यो सहकार्य दर्शकको लागि प्रतिक्षित थियो ।

सुनिलकुमार थापाले निर्माण गर्ने सिनेमाको तीन महिना अगाडी औपचारिक घोषणा गरिएको थियो । मिथिलाको प्रांगणमा खिचिएको ‘अनाउन्समेन्ट टिजर’ले सिनेमाको हाइप बनाउन सहयोग पुर्याएको थियो ।

धिरज र सुहानाका समान दुई सिनेमा प्रदर्शनमा आइसकेका छन् । ‘ए मेरो हजुर’को पछिल्ला दुई शृंखलामा अभिनेता अनमोल केसीको अपोजिट देखिएकी सुहानाले पहिलो पटक नयाँ को-स्टारसंग काम गर्न लागेकी हुन् ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा संजय लामाको छायांकन, प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ ।

छिट्टै नै फ्लोरमा जाने सिनेमालाई २०८० सालको बैशाख १ गते रिलिज गरिनेछ ।