anmol jasita

‘वेलकम टु हेम्जाकोट’ले जित्यो उत्कृष्ट सिनेमाको अवार्ड

‘वेलकम टु हेम्जाकोट’ले जित्यो उत्कृष्ट सिनेमाको अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौंमा तीन दिनसम्म आयोजित चौंथो ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’मा सिनेमा ‘वेलकम टु हेम्जाकोट’ले उत्कृष्ट सिनेमाको अवार्ड जित्न सफल भएको छ । अवार्ड उचाल्न सिनेमाका निर्देशक सरोज पौडेल स्टेज चढेका थिए । यो उनको निर्देशकिय डेव्यु सिनेमा हो । आफ्नो पहिलो सिनेमाले नै अवार्ड प्राप्त गर्दा थप जिम्मेवारी थपिएको महसुस भएको बताए ।

उनले भने, ‘सिनेमामा मिहिनेत गर्ने कलाकार, प्राविधिक सबैको सामुहिक प्रयासले सम्भव भएको हो । अवार्डले मलाई अझै काममा मिहिनेत गर्न र अघि बढ्न हौसला मिलेको छ ।’ महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तर्राष्ट्रिय सिनेमा र नेपालका ३४ सिनेमाहरु सहभागी थिए । महोत्सवको उद्घाटन काठमाडौं क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद सन्तोष चालिसेले गरेका हुन् ।

प्रदर्शन अनिश्चित रहेको ‘वेलकम टु हेम्जाकोट’मा विनोद न्यौपाने, बुद्धि तामाङ, शारदा गिरी, अम्बिका तामाङ, रवि गिरी, सुजैरा कार्की, अस्मिता पन्त, विशाल पहाडी, स्वं. जयनन्द लामा, सन्दिप सिग्देल लगायतको अभिनय छ । तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको सिनेमामा जितेन्द्र गिरी निर्मातामा छन् । सिनेमाको छायांकन दीर्घ गुरुङले गरेका हुन् ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा प्रविण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कटुवाल सह-निर्मातामा छन् । मिलन श्रेष्ठको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।