प्रितमसँग ‘गुञ्जन’ पोस्टरमा रोमान्टिक सारा

प्रितमसँग ‘गुञ्जन’ पोस्टरमा रोमान्टिक सारा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘गुञ्जन’को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ । आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको मंगलवार सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय सारा सिरपाइली र प्रितमराज सेन्चुरी रोमान्टिक मुद्रामा प्रस्तुत छन् । उनीहरुको केमेस्ट्री सुहाएको छ ।

सिनेमामा सारा र प्रितमका अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतको पनि अभिनय छ । प्रितमराजले यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।

द्वन्द्व निर्देशकको रुपमा स्थापित अष्ट महर्जनद्वारा निर्देशित पहिलो सिनेमा गुञ्जन हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाहीको लगानीमा निर्माण भएको हो । एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको छायांकन काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा गरिएको छ ।

सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, करणराज काकर्की, कल्याण सिंह र अर्जुन पोखरेलको संगीत छ । सिनेमाको वितरण जीजीए ग्रुप र एफडी कम्पनीले गर्दैछ ।