अनमोल स्टारर ‘जेरी २’को फन्ट डिजाइन कम्पिटिसन आव्हान

अनमोल स्टारर ‘जेरी २’को फन्ट डिजाइन कम्पिटिसन आव्हान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनमोल केसी स्टारर सिनेमा ‘जेरी २’को लागि निर्माण पक्षले ‘टाइटल फन्ट डिजाइन कम्पिटिसन’ आव्हान गरेको छ ।

केहि सर्तसहितको प्रतिस्पर्धामा इच्छुकले आफ्नै परिकल्पनामा फन्ट डिजाइन गर्नु पर्नेछ । यसमा नक्कल गरिएको डिजाइन मान्य हुनेछैन ।

पुष १० अर्थात डिसेम्बर २५ सम्म प्रतिस्पर्धीले आफ्नो डिजाइन ‘[email protected]’ ठेगानामा पठाइसक्नु पर्नेछ । निर्धारित मिति भन्दा ढिलो पठाइएको डिजाइनले प्रतिस्पर्धामा भाग लिन नपाउने निर्माण पक्षले बताएको छ ।

जुरीको मुल्यांकनका आधारमा विजेता छनोट गरिनेछ । र उक्त डिजाइन सिनेमामा समावेश हुनेछ । साथै विजेताले ५० हजार नगद जित्नेछन् ।

हेमराज बिसीले निर्देशन गर्ने सिनेमाको अहिले प्रि-प्रोडक्सनको कार्य चलिरहेको छ । अनमोलसंगै सिनेमामा पूर्णिका सिजापति मुख्य भूमिकामा फाइनल भैसकेका छन् । अन्य कलाकार भने घोषणा भैसकेका छैनन् ।

हेमराज र अनमोलले सिनेमा ‘होस्टेल’बाट आफ्नो करिअर सुरु गरेका थिए । यी दुईले ‘जेरी’ र ‘गाजलु’मापनि सहकार्य गरेका थिए । जुन सिनेमा बक्सअफिसमा सुपरहिट सावित भएका थिए ।

‘जेरी २’मा हेमराज र अनमोलको ६ वर्षपछि सहकार्य हुन लागेको हो । त्यसैले यो सिनेमा घोषणादेखि नै प्रतिक्षित बनेको छ ।

अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन । सरोजले यसअघि हेमराज निर्देशित सिनेमा ‘सम्बोधन’ र ‘द ब्रेकअप’मा लगानी गरिसकेका छन् ।