१२ हलमा ‘महापुरुष’ प्रदर्शनको ५१ दिन पुरा

१२ हलमा ‘महापुरुष’ प्रदर्शनको ५१ दिन पुरा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कार्तिक ११ मा सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘महापुरुष’ले हलमा सफलताको ५१ दिन पुरा गरेको छ ।

प्रदीप भट्टराई निर्देशित सिनेमाले आठौँ साताको शनिबार ५१ दिने यात्रा तय गर्दा भट्टराईका चार सिनेमाले लगातार यो माइलस्टोन पार गरे ।

डेब्यु ‘जात्रा’संगै ‘शत्रुगते’ र ‘जात्रै जात्रा’ले हलमा ५१ दिन मनाउदा भट्टराईले ह्याट्रिक पुरा गरेका थिए ।

एकल पिताको एक्लोपनको कथा भनेको सिनेमा काठमाडौँका ७, चितवनका २, ललितपुर, बाँके, रुपन्देहीसहितका १२ हलमा ५१ दिनसम्म टिक्न सक्यो ।

महापुरुषले ५१ दिन प्रदर्शन पुरा गरेका हलहरु 

क्युएफएक्स सिभिल – काठमाडौं
क्युफएक्स बागेश्वरी – नेपालगंज
क्युएफएक्स जलमा – चितवन
क्युएफएक्स लाबिम – ललितपुर
वान सिनेमाज कालिमाटी – काठमाडौं
वान सिनेमाज नयाँ बानेश्वर – काठमाडौं
आइएनआइ लोत्से – काठमाडौं
आइएनआइ क्युबक्स – बुटवल
रन्जना सिनेप्लेक्स – काठमाडौं
सिनेप्लेक्स – चितवन
बिग मुभिज – काठमाडौं
एफक्युब – काठमाडौं

रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण र म्याक्स दिपेश खत्रीको निर्माण रहेको सिनेमामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, रविन्द्र सिंह बानियाँ, अञ्जना बराइली, राजाराम पौडेल, सिरु विष्टलगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक भट्टराई कै लेखन रहेको सिनेमामा दीपक बज्राचार्यको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

५१ दिनको अवसर पारेर ‘महापुरुष’ टिमले शनिबार दिउँसो राजधानीमा कार्यक्रम आयोजना गर्दैछ ।