‘हात्तीछाप’मा दयाहाङपछि सौगातको प्रवेश

‘हात्तीछाप’मा दयाहाङपछि सौगातको प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिमोस सुनवार निर्देशनमा निर्माण हुने सिनेमा ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई र सौगात मल्ल पुनः एकसाथ काम गर्ने भएका छन् । दयाहाङ अनुबन्धित भएको तीन दिनमा आइतवार सौगात पनि सिनेमामा अनुबन्धित भएका ।

दयाहाङ राई र सौगात मल्लको यस बर्ष रिलिज भएका सुपरहिट ‘कबड्डी ४ र दुई नम्बरी’ पछिको तेस्रो सहकार्य हो । ‘दुई नम्बरी’का निर्माता किरण नेपालीले ‘हात्तीछाप’ निर्माण गर्दैछन् । उनी सौगातसँग तेस्रो पटक र दयाहाङसँग दोस्रो पटक सहकार्य गर्न लागेका छन् । त्यस्तै, सौगात र निर्देशक सुनवारले यसअघि सिनेमा ‘झ्यानाकुटी’मा सहकार्य गरेका थिए ।

सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको सिनेमाको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमालाई आगामी चैत्रबाट छायांकनमा लैजाने योजना निर्माता नेपालीको छ । उनले ‘दुई नम्बरी’ रिलिज लगत्तै सिनेमा ‘पोइ र्पयो बुढो’ बनाउने घोषणा गरेका थिए । तर, प्रदीप भारद्धाजको कथाले मन छोएपछि उनले ‘हात्तीछाप’ निर्माण गर्ने मनसाय बनाएको हुन् ।

सिनेमाका लागि निर्देशक र मुख्य दुई अभिनेता फाइनल गरेपनि अझै अभिनेत्री र अन्य कलाकार छनोट गरिएको छैन् । चाँडै कथाकको पात्र सुहाउँदो अभिनेत्री फाइनल गरिने निर्माता नेपाली बताउँछन् । सकेसम्म ‘हात्तीछाप’मा दयाहाङ र सौगातको लागि फ्रेस जोडीको खोजी रहेको निर्माता नेपालीले बताए ।