सलोन स्टारर ‘जय हो’ टेक पौरखी राईले निर्देशन गर्ने

सलोन स्टारर ‘जय हो’ टेक पौरखी राईले निर्देशन गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेत प्रस्तुतकर्ता रहने सिनेमा ‘जय हो’मा निर्देशक फाइनल भएका छन् ।

सोमबार निर्माण कम्पनि सलोन सलिना फिल्म्स र निर्देशक टेक पौरखी राई बीच लिखित सम्झौता भयो । सलोन बस्नेत स्टारर सिनेमालाई अब टेकले निर्देशन गर्नेछन् ।

निर्देशक राई एक कुशल चित्रकार हुन् । उनले कोरेका चित्र/तस्विरहरु विश्वव्यापी रुपमा बिक्रि हुने गरेका छन् । माघ अन्तिम सातादेखि छायांकनमा जाने सिनेमालाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिनेछ ।

सुरेश न्यौपानेको कथा रहेको सिनेमामा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ । एक्सन लभस्टोरी सिनेमामा सागर आले मगरले संगीत भर्नेछन् । सागर ‘नेपाल आइडल – सिजन १’का थर्ड रनरअप हुन् ।

‘जय हो’मा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । सिनेमामा राम्जी राउत क्रियटिभ निर्देशकको रुपमा रहनेछन ।