आमेष अष्ट्रेलिया उडेपछि ‘नम्बरी सुन’मा गौरवको प्रवेश

आमेष अष्ट्रेलिया उडेपछि ‘नम्बरी सुन’मा गौरवको प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’को मुख्य भुमिकामा आभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । निर्माण टिमले दिएको जानकारी अनुसार नम्रता सापकोटाको अपोजिटमा गौरवलाई फाईनलग गरिएको हो । गौरव र निर्माण टिमबीच मंगलबार लिखित सम्झौता भएको छ ।

पहिले गौरवको ठाउँमा अभिनेता आमेष भण्डारीलाई अनुबन्धित गरिएको थियो । तर, समयअघि आमेष निर्माण टिमलाई कुनैपनि जानकारी नगराई अष्ट्रेलिया उडेपछि निर्माण टिमले उनको विकल्प खोज्न बाध्य भएको थियो । अभिनेता भण्डारीले अष्ट्रेलिया पुगेपछि आफु सिनेमामा काम गर्न नसक्ने जानकारी गराएका थिए ।

माघ २० गतेबाट फ्लोरमा जाने सिनेमामा गौरव र नम्रताका अलवा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ । निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् ।

सिनेमाबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा सिनेमाको छायंकन गरिनेछ ।

सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार लगायतका गायक तथा गायिकाको स्वर रहनेछ ।