फागुन १९ मा रिलिज हुने ‘छक्का पञ्जा ४’ पोस्टर रिलिज

फागुन १९ मा रिलिज हुने ‘छक्का पञ्जा ४’ पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘छक्का पञ्जा ४’ को पोस्टर सार्वजनिक गरिएको छ ।

बुधबार सिनेमाका निर्माता तथा अभिनेता दीपकराज गिरीले फेसबुक मार्फत् सिनेमाको पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा उनी मात्र फिचरिङ छन् । बाइकको बायाँपट्टीको ह्यान्डल समातेर उभिएका उनी राजा चरित्रमा प्रस्तुत छन् ।

पछिल्लो समय दीपक-दीपा समुह नेपाली सिनेमा निर्माणमा गम्भिर मानिन्छ । कथावाचन र मेकिङ शैलीमा उनीहरुको समुहमा परिपक्वता देखिन्छ । समाजभित्रको गम्भीर मुद्धालाई हाँस्यरससहित प्रस्तुत गर्न माहिर मानिने यो टिमले निर्देशक हेमराज बिसीले सिनेमा छाडेको र प्रदर्शन मिति सर्न लागेको हल्ला चिर्न मात्र पोस्टर सार्वजनिक गरेको चर्चा सिनेमा वृत्तमा छ ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको सिनेमामा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमाको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् । यसपटक सिनेमामा राजनीतिक विषयलाई उठाइएको छ ।