हररमा डर भएपनि प्रियंका, ऋचा र बेनिशालाई ‘चि मुसी चि’ कै भर

हररमा डर भएपनि प्रियंका, ऋचा र बेनिशालाई ‘चि मुसी चि’ कै भर

द सिनेमा टाइम्स
0
Shares

‘सुनकेशरी’को कुरा आइहाल्छ म भएपछी । सुनकेशरीबाट जतिपनि दर्शक, साथीभाईहरु अनि पत्रकार मित्रहरु – जो निराश हुनु भएको थियो । त्यसको क्षतिपूर्ति हो यो मेरो तर्फबाट ।’ चि मुसी चि ट्रेलर लन्च कार्यक्रममा अभिनेत्री ऋचा शर्माले भनिन् ।

ऋचा अभिनित हरर थ्रिलर सिनेमा ‘चि मुसी चि’ पुष २२ देखि अलनेपाल प्रदर्शनमा आउदैछ । ‘सुनकेशरी’ रिलिजको चार वर्षपछि हरर जनरामा देखिएकी ऋचा यसपटक दर्शक तर्साउनेमा आशावादी देखिइन ।

‘बनाउन खोजेको यस्तो सिनेमा थियो । तर त्यस्तो बन्यो ।’ ऋचा ‘चि मुसी चि’लाई इंकित गर्दै भन्छिन । ‘एउटा समयमा सुनकेशरीले मलाई एकदम नराम्ररी हल्लाइदिएको थियो । त्यसको भर्पाइ भन्दापनि हुन्छ । टिमपनि रामो पाएँ । यहि मौका जस्तो लाग्यो । अनि चि मुसी चिमा जोडिए ।’ ऋचा आशावादी देखिइन ।

ऋचा यो सिनेमाबाट जति आशावादी छिन । त्यति नै उत्साहित छन्, प्रियंका कार्की र बेनिशा हमाल ।

यसअघि हरर सिनेमा ‘घर’मा अभिनय गरेकी बेनिशा हमालले टिम राम्रो भएका कारण ‘चि मुसी चि’ गर्न राजी भएको बताइन ।

‘मलाई अन्तिममा सिनेमा अफर भएको थियो । सिनेमाको कास्ट एण्ड क्रुबारे थाहा पाएपछि उत्साहित भए । तर हरर जनरा भन्न बितिकै मनमा डरपनि थियो । निर्देशकद्वय मिर्ना जेम्स र यश सैनीको काम असाध्यै मन पर्यो । उहाँहरुले सानो-सानो कुरामा ध्यान पुर्याउनु भएको छ । यो वर्ष नेपाली सिनेमाको व्यापार राम्रो भैरहेको छ। जहाँ हाम्रो सिनेमाले पनि राम्रो गर्नेछ भन्ने अपेक्षा बोकेकी छु ।’ बेनिशाले भनिन् ।

सिनेमामा बेनिशाले गौरव विष्टको अपोजिट जोडी बनेर अभिनय गरेकी छन् । उनलाई ट्रेलरमा शंकासपद ढंगले प्रस्तुत गरिएको छ ।

अभिनेत्री प्रियंका कार्कीले ‘चि मुसी चि’मा काम गर्दा ड्रिम टिमसंग काम गर्न पाएको अनुभव साटिन ।

‘पछिल्ला सालहरुमा हरर सिनेमा भन्न बितिकै म अलि शंकालुपनि हुन्थ्ये । यो गाह्रो जनरा हो । यसमा सानो-सानो कुरामा ध्यान पुर्याउनु पर्छ । तर मेरो टिमले साचिकै राम्रो काम गरेको छ । निर्देशक यश र मिर्नाले पहिलो सिनेमा मै राम्रो सम्भावना देखाउनु भएको छ । हरर सिनेमामा दर्शक बाँध्ने सूत्र यसको साउण्ड हो । र रोहितले साउण्डमा एकदमै राम्रो काम गरेको छ । ऋचा, बेनिशा, आयुषमान र सम्पूर्ण मेरो लागि ड्रिम टिम रह्यो ।’ प्रियंकाले उत्साहित हुँदै भनिन् ।

यो साल रिलिज हुने यो प्रियंकाको दोस्रो सिनेमा हो । यसअघि उनको ‘लक्का जवान’ प्रदर्शनमा आएको थियो ।

मिर्ना र यश कै कथा/पटकथा रहेको सिनेमामामा ऋचा, प्रियंका र बेनिशासंगै आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ ।

एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको सिनेमामा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।