चारदिन अघि सेन्सर सिफारिस लिएर राती ११ बजेसम्म सिनेमा देखाउन मिल्ने

चारदिन अघि सेन्सर सिफारिस लिएर राती ११ बजेसम्म सिनेमा देखाउन मिल्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र संघ बिकास बोर्डविरुद्ध आन्दोलन घोषणा गरेपछि बोर्डले सेन्सर सम्बन्धि नियम संशोधन गरेको छ । बोर्डको यस्तो निर्णय गरेसँगै चलचित्र संघले आन्दोलनका कार्यक्रम स्थगित गर्ने अपेक्षा बिकास बोर्डले गरेको छ ।

सोमवार बसेको बोर्डको बैठकले स्वदेशी तथा विदेशी सिनेमाको सेन्सर सिफारिस लिनका लागि प्रदर्शन मितिभन्दा कम्तीमा सात दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियमलाई परिर्माजन गर्दै अब चार दिन अगावै दरखास्त पेश गर्दा हुने निर्णय गरेको हो ।

सोमबबार नै बोर्डको बैठकले बेलुकी ११ बजेपछि सिनेमा प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले सिनेमा प्रदर्शन गर्नुपर्ने र उक्त समयमा सिनेमा प्रदर्शन गर्नु परेमा प्रदर्शन अगावै बोर्डलाई जानकारी गराए हुने निर्णय पनि गरेको छ । यसअघि बोर्डले विहान ६ बजेदेखि बेलुका ११ बजेसम्म शो निर्धारण गरेर सिनेमा चलाउन प्रदर्शकहरुलाई निर्देशन दिएको थियो ।

सिनेमा क्षेत्रका समस्या समाधानका लागि संघ-संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि बोर्ड सधैं तत्पर रहेको अध्यक्ष भुवन केसीले बताए । चलचित्र संघले एक हप्ता अगाडि सेन्सर सिफारिस लिनुपर्ने, ११ बजेपछि सिनेमा प्रदर्शन गर्न नपाउने बोर्डको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेको थियो ।