माघ २७ मा रिलिज हुने भयो ‘आँधि तुफान २’

माघ २७ मा रिलिज हुने भयो ‘आँधि तुफान २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘आँधी तुफान २’ गत साउन २० गतेबाट प्रदर्शनमा आउने सम्पुर्ण तयारी भैसकेको थियो तर अन्तिम समयमा आएर पोस्टपोन्ड भयो । अब यो सिनेमाको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले आगामी माघ २७ गतेबाट सिनेमा प्रदर्शनमा आउने जानकारी दिए ।

वितरक कम्पनी आरआर फिल्म्ससँग छलफल गर्दै यो मितिमा प्रदर्शन गर्ने सहमति भएको उनले बताए । चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई समात्ने सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि सिनेमा निर्माण गरिएको छ । मदन घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा उत्कृष्ट बनेको निर्माता मौनता श्रेष्ठ बताउँछन् ।

महेन्द्र बुढाथोकी निर्देशित २०६३ सालमा निर्माण भएको सिनेमा ‘आँधी तुफान’ सुपरहिट भएको थियो । तर, दोस्रो श्रृंखलामा भने लेखक तथा निर्माता श्रेष्ठले निर्देशक र कलाकार कसैलाई पनि दोहोर्याएका छैनन् । सिनेमा पुर्ण रुपमा नयाँ कथा र प्रस्तुतिमा निर्माण भएकाले पनि नयाँ टिमसँग काम गरेको उनको भनाई छ । चाँडै ‘आँधी तुफान २’को नयाँ प्रचार सामाग्री सार्वजनिक गर्ने तयारीमा मौनता छन् ।

सिनेमामा आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपालीलगायतको अभिनय छ ।

सिनेमामा रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको गीतमा कोरियोग्राफी, अचुत गजुरेलको भिएफएक्स, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको गायन छ भने मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् ।