दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’मा दयाहाङ र मिरुना

दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’मा दयाहाङ र मिरुना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार दीपेन्द्र लामाले निर्देशन गर्ने पाँचौ सिनेमा ‘नाङ्गो गाउँ’को निर्माण घोषणा गरिएकको छ । सिनेमा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहनेछ । सिनेमाका लागि अन्य कलाकारको छनोट भैरहेको निर्देशक लामाले बताए ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमा ‘नाङ्गो गाउँ’मा उनले अभिनेता राईसँग तेस्रो पटक सहकार्य गर्न लागेका हुन् । आरआर फिल्म्सले वितरण गर्ने सिनेमामा हिमाल शर्मा प्रस्तुतकर्ता र जय श्रेष्ठ निर्माताको रुपमा रहेका छन् । सिनेमामा दयाहाङकका अलवा अर्का एक अभिनेताको पनि मुख्य भूमिका रहनेछ ।

निर्देशक लामाले केही दिनमा सिनेमाको सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’ सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी दिए । आगामी चैत्र महिनाबाट छायांकन सुरु गरिने सिनेमाले राजनीतिक कथा प्रस्तुत गर्ने लामाको भनाई छ । उनी सिनेमा उत्कृष्ट बनाउने कुनै कसर नछाड्ने बताउँछन् । सिनेमाको कथा लेखन अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कुनै पहाडी गाउँमा छायांकन हुने बताए ।

उनले भने- ‘सिनेमाले मानव जातीको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा ब्यङ्ग्य गर्नेछ । सिनेमामा दर्शकले हाँस्यरस, प्रेम र कारुणीकताको पनि आनन्द लिन पाउनेछन् ।’ निर्देशक लामाले ‘घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी’ गरी चार सिनेमा निर्देशन गरिसकेका छन् ।