चैत्र ३ मा बहुपति प्रथामा बनेको ‘टुल्की’

चैत्र ३ मा बहुपति प्रथामा बनेको ‘टुल्की’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – देवजङ्ग थापाको डेव्यु निर्देशकिय सिनेमा ‘टुल्की’को प्रदर्शन मिति घोषणा गरिएको छ । हिमाली जिल्लामा प्रचलित बहुपति प्रथामाथि निर्माण भएको सिनेमाको अंग्रेजी नयाँ वर्ष २०२३ तथा राष्ट्रिय टोपी दिवसको अवसर पारेर आगामी चैत्र ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

सिनेमा रिलिज मितिसँगै नयाँ पोस्टर पनि सार्वजनिक गरिएको छ । अहिलेसम्म यो मितिमा अरु कुनैपनि सिनेमाले प्रदर्शन गर्ने घोषणा गरेका छैनन् । कलाकारद्वय शिशिर वाङ्देल र स्वस्तिमा कार्की् पोस्टरमा प्रस्तुत छन् । ‘द पाल्म ग्रुप’को ब्यानरमा निर्माण भएको सिनेमालाई हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो । सिनेमामा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन छ ।

शेखर लामाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा छन् । सिनेमाको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा लेखन निर्माता शेखर लामा स्वयंको छ । सिनेमामा तारा थापा ‘किम्भे’को सम्पादन, संजिव सुब्बाको पाश्र्व संगीत, लिगेश भट्टराई र रमेश बुढाथोकीको कोरियोग्राफी छ ।

सिनेमालाई अभिनेत्री सुहाना थापा कार्यकारी निर्देशक रहेको त्रिनेत्रम डिस्ट्रिब्युसन कम्पनीले देशभर वितरण गर्नेछ । सिनेमामा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतको पनि अभिनय रहेको छ ।