निता र हरिहरको ‘ह्रस्व दीर्घ’मा गरिमा शर्मा पनि अनुबन्धित

निता र हरिहरको ‘ह्रस्व दीर्घ’मा गरिमा शर्मा पनि अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – द्धन्द्व निर्देशक चन्द्र पन्तको डेव्यु निर्देशकिय सिनेमा ‘ह्रस्व दीर्घ’मा अभिनेत्री गरिमा शर्मा पनि अनुबन्धित भएकी छन् । यो गरिमाको दोस्रो सिनेमा हो । उनले केही समय अगाडी ‘लण्डन टु पेरिस’मा काम गरेकी थिइन् । यो सिनेमा रिलिजको प्रतिक्षामा छ ।

नेपाल र भारतका चर्चित कलाकारलाई अनुबन्ध गरेका सिनेमा छायांकन अगावै चर्चामा छ । आगामी फेब्रुअरी १ तारिखबाट भारतस्थित विश्वकै ठुलो सिनेमा स्टुडियो रामोजी फिल्म सिटीमा छायांकन सुरू हुने सिनेमामा अनुबन्धित कलाकार चर्चित खलपात्रदेखि कमेडियन तथा रियल लाइफ जोडी छन् ।

हरिहर अधिकारी र नीता ढुङ्गाना मुख्य भुमिका रहने सिनेमामा अभिनेत्री तथा मोडल गरिमा शर्मा अनुबन्ध भएसँगै सिनेमामा हरिहरको जोडी को ? भन्ने चर्चा सुरु भएको छ । अंग्रेजी नयाँ बर्ष २०२३ को पहिलो दिन निर्देशक चन्द्र पन्त तथा निर्मात्री नीताले एकसाथ सामाजिक सञ्जालबाट सिनेमामा गरिमा पनि मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध भएको खबर सार्वजनिक गरेका हुन् ।

अभिनेत्री ढुंगानालाई सिनेमामा तपाई निर्मात्री मात्रै रहने हो ? भन्ने प्रश्नमा उनले नीताले फिल्ममा सस्पेन्स नै सस्पेन्स रहेको भन्दै त्यो बारेमा अहिल्यै केहि नबोल्ने बताइन् । निर्देशक पन्तले सिनेमामा गरिमालाई प्रमुख र महत्वपूर्ण भुमिकामा रहनेगरी अनुबन्ध गराएको बताए । ‘हामी अझै कास्टिङ कै क्रममा छौं, स्कृप्ट फाइनल छ, अब छायांकनको तयारीमा जुट्दैछौं, फ्लोर मिति तय भइसकेको पन्त बताउँछन् ।’ फेब्रुअरी १ सम्म सिनेमाका थप रहस्य बाहिर आउँदै जाने उनले बताए ।

नीता फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा यसअघि नै चर्चित भारतीय कलाकार ब्रह्मानन्दम, चर्चित खलपात्र सुनिल वर्मा, गजनी भिलेन प्रदीपराज रावत, साउथ कलाकार अली अनुबन्ध भइसक्दा नेपालबाट हरिहर अधिकारी, नीता ढुङ्गाना, रविन्द्र झा, विपना थापा, सरोज खनाल र सलोन बस्नेतको अभिनय रहने छ । यो लाइनअपमा अब गरिमा शर्मा जोडीएकी छिन् ।

सिनेमाको छायांकारमा बलिउड सिनेमाटोग्राफर कबीरलाल यसअघि नै अनुबन्ध भैसेका छन् । सिनेमाको स्कृप्ट प्रतीक पौडेलले लेखेका हुन् ।