सौरभ चौधरीले ‘अगस्त्य’ निर्देशन गर्ने

सौरभ चौधरीले ‘अगस्त्य’ निर्देशन गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक सौरभ चौधरीको निर्देशनमा सिनेमा ‘अगस्त्य: द अनब्रेकेबल’ बन्ने भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा सिनेमाको थिम पोस्टरपनि सार्वजनिक गरियो । दुई भागमा निर्माण हुने सिनेमाको यो पहिलो शृंखला हो । सिनेमामा सौरभकै कथा, पटकथा तथा संवाद रहनेछ ।

हिन्दु धर्मका सप्तर्षि मध्येका एक अगस्त्यको नामबाट सिनेमाको शिर्षक जुराइएको छ । नाम र पोस्टर डिजाइनले सिनेमा एक्सन प्रधान बन्ने संकेत गर्छ । डार्क हर्स इन्टरटेनमेन्टको प्रस्तुति रहने सिनेमालाई प्रकाश मल्ल र अनिश तामाङले निर्माण गर्नेछन् ।

राजेश श्रेष्ठले खिच्ने सिनेमालाई नेपालमा भारतमा आधा-आधा छायांकन गरिनेछ । नेपाली र भारतीय कलाकारको अभिनय रहने सिनेमाको बैशाखदेखि छायांकन सुरु हुने निर्माण पक्षले बताएको छ ।

‘अगस्त्य’लाई आफ्नो ड्रिम प्रोजेक्ट मानेका निर्देशक चौधरी कलाकार छनोटको लागि केहि दिनमा भारत प्रस्थान गर्दैछन् । ‘सिनेमा उत्कृष्ट बनाउने संकल्प लिएको छु । विगत साढे २ वर्षदेखि सिनेमाको स्क्रिप्टमा मिहिनेत गरेको छु । निर्माताहरु सहयोगी पाएकाले छायांकनको बेला कुनै कम्प्रमाइज नहुनेमा विश्वस्त छु ।’ चौधरीले भने ।

निर्देशक चौधरीले सिनेमा ‘लभ डायरिज’बाट निर्देशन यात्रा सुरु गरेका थिए ।